Comments Add Comment

बंगलादेशमा दुईवटा रेल ठोक्किए, १५ जनाको मृत्यु

बंगलादेशको ब्रह्मानबरिया जिल्लामा मंगलबार बिहान दुईवटा रेल एक आपसमा ठक्कर खाँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कम्तिमा ५८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी प्रमुख अनीसुर रहमानले एएफपी समाचार एजेन्सीलाई भने, “कम्तिमा १५ जनाको मृत्यु भएको छ र ५८  जना घाइते भएका छन् । हामीले घाइतेहरुलाई बिभिन्न अस्पतालहरुमा पठाएका छौं।”

दक्षिणी बन्दरगाह शहर चटगाउँ र ढाकाको लागि जाने एउटा ट्रेन बिहान ३:०० बजे ब्राह्मणबारीयामा राजधानीको १०० किलोमिटर पूर्वमा एक आपसमा ठक्किएर दुर्घटना भएको थियो । रहमानका अनुसार प्रभावित यात्रीहरूमध्ये केही यात्रुहरु अझै फसेको हुन सक्ने भएकाले मर्नेहरूको संख्या बढ्न सक्छ।

दुर्घटनापछि राजधानी ढाका र दुई अन्य महत्त्वपूर्ण सिलहट र चटगाउँ चल्ने रेल सेवा बन्द गरिएको छ ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको भन्दै एक रेलवे अधिकारीले भनेका छन्, “हामी अझै पनि उद्धार अभियान सञ्चालन गर्दैछौं, दोषपूर्ण सिग्नलका कारण दुर्घटना भएको हुन सक्छ ।”

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment