Comments Add Comment

रुपन्देहीमा समाजवादीको नयाँ समिति : फोरमलाई ६१, नयाँ शक्तिलाई ५०

२६ कात्तिक, बुटवल । केन्द्र र प्रदेशमा समायोजन भएको लामो समयपछि संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको रुपन्देही जिल्ला समिति मंगलबार समायोजन भएको छ ।

समायोजनबाट तत्कालीन संघीय समाजवादीका रामअवतार यादव अध्यक्ष रहेको १ सय ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन भएको छ । १ सय ११ सदस्यीय जिल्ला समितिमा ६१ जना संघीय समाजवादी फोरमका र ५० जना नयाँ शक्तिबाट रहेका छन् ।

जिल्ला कार्यसमितिको उपाध्यक्षहरुमा सियाराम यादव, पदम विक र घनश्यामसिंह क्षेत्री, सचिवमा सोमनाथ पौडेल,सहसचिवमा श्यामबहादुर चौधरी र कोषाध्यक्षमा भानमति बनिया चयन भएका छन् ।

जिल्ला समायोजन कार्यक्रममा बोल्दै समाजवादी पार्टीका प्रदेश ५ इन्चार्ज एवं पूर्वमन्त्री दानबहादुर चौधरीले अब आउने चुनावसम्म पार्टी रुपन्देहीसहित समग्र प्रदेश ५ मा पहिलो शक्ति बन्ने दाबी गरे । स्थानीय निर्वाचनको परिणाम अनुसार रुपन्देहीमा समाजवादी पार्टी एमालेपछि दोस्रो शक्ति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment