Comments Add Comment

५ अशक्त सन्तान पाल्ने जिम्मा ७० वर्षे बुवाको काँधमा

कोष स्थापना गरिदिने प्रदेश सरकारको आश्वासन

२६ कात्तिक, विराटनगर । विपन्न परिवार । त्यसमाथि पाँचजना सुस्तमनस्थिति भएका सन्तान । मोरङ रुतुवामाई नगरपालिका-८ का ७० वर्षीय तुलसीराम ढुंगानालाई परिवार चलाउन धौ-धौ छ ।

उनी आफै मिर्गौला र उच्च रक्तचापका बिरामी छन् । श्रीमती सिर्जनासहित पाँच छोराछोरीको हेरचाहको जिम्मा पनि उनकै काँधमा छ ।

तुलसीराम र सिर्जनाका पाँच सन्तान ४० वर्षीय छोरी निर्मला, ३८ वर्षीय छोरा निर्मल, २८ वर्षका उमेश, २६ की पार्वता र २४ की गोमा सुस्तमनस्थितिका छन् ।

पाँचै छोराछोरी बोल्न सक्दैनन् । हिड्डुल गर्न पनि गाह्रो छ । इशारा व्यक्त गर्न पनि कठिन् छ । केही आवश्यक परे चिच्याउने गर्छन् ।

बास बस्नलाई दाताले बनाइदिएको घर छ । पाँच सन्तानलाई हेर्न, उनीहरूको माग र आवश्यकता बुझ्न आमा सिर्जना दिनभर धरालो बस्छिन् । उनीहरुलाई पाल्न तुलसीरामलाई धौ-धौ छ ।

खेती किसानीबाट पाँच छोराछोरीको हेरचाह गरिरहेका ढुंगाना परिवारलाई सरकारले अपाङ्गता भत्ता उपलब्ध गराउँदै आएको छ ।

कोष स्थापना गर्ने मन्त्रीको आश्वासन

ढुंगाना परिवारको अवस्था इटहरा र आसपास गाउँलेलाई राम्रोसँग थाहा छ । सभासद राज्यलक्ष्मी गोल्छाले भने घर बनाइदिने भन्दै सिलन्यास गरिन् तर घर बनन । पछि अन्य दाताले घर बनाइदिएका छन् ।

ढुंगाना परिवारको घर पुगेका प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामाजिक विकास मन्त्रालयमार्फत उनीहरुको लागि अक्षय कोष स्थापना गरिदिने आश्वासन दिएका छन् । पाँच जना सुस्तमनस्थितिका सन्तानको हेरचाहका लागि मन्त्रालयले कोषको स्थापना गर्ने घिमिरेले बताए ।

कोषमा मन्त्रालयले तीन लाख राखिदिने छ । बुवा आमाको शेसपछि उनीहरुको सहयोगको लागि कोषबाट रकम खर्च गर्ने व्यवस्था गरिने घिमिरेले बताए । मन्त्री घिमिरले कोषमा १० लाख जम्मा हुने वातावरण सिर्जना गर्ने आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment