Comments Add Comment

हलचोकबाट साढे ३ लाखसहित १० जुवाडे पक्राउ

२७ कात्तिक, काठमाडौं । काठमाडौंको हलचोकको एक घरमा जुवातास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका ३ हलचोकमा हरिमाया पुतुवारको घरमा कौडा खेलिरहेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सीतापाइलाका सचित दुलाल, काभ्रे पाँचखालका बालकुमार पन्त, नुवाकोटमा दिनेश लामा, हलचोकका महेश गोतामे, सीतापाइलाका राजकुमार तामाङ रहेका छन् ।

त्यस्तै सीतापाइलाकै वुद्धिबहादुर तामाङ, सुशन्त लामा, हलचोकका सुक्रबहादुर पुतुवार र राजु बस्नेत पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट १६ थान कौडा र ३ लाख ६० हजार रुपैयाँ बरामद भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment