Comments Add Comment

यो हो विश्वकै महंगो घडी, मूल्य साढे ३ अर्ब रुपैयाँ

एउटा घडीको मूल्य कतिसम्म पर्ला ? सायद तपाईले अनुमान गर्न पनि सक्नुहुन्न होला । किन कि दुनियाको सबैभन्दा महंगो घडीको मूल्य लाख, करोडमा होइन अरब रुपैयाँमा छ ।

हो, विश्वको सबैभन्दा महंगो घडीको मूल्य ३ अर्ब ५५ करोड रुपैयाँको हाराहारीमा छ । स्विजरल्याण्डको लग्जरी घडी निर्माता कम्पनी पाटेक फिलिप्पेले हालै एक लिलामीका क्रममा दुनियाकै अहिलेसम्मको महंगो घडी ३ करोड १० लाख स्वीस फ्रान्कमा बिक्री गरेको हो ।

रोचक त के भने दुनियाकै महंगो घडी बेचेर आर्जन गरेको ३ अर्ब ५५ करोड रुपैयाँ बराबरको उक्त रकम कम्पनीले एक दुर्लभ रोगको उपचार तथा अनुसन्धान गर्ने परोपकारी परियोजनाका लागि दान गरेको छ ।

इलथि ध्बतअज नामको उक्त च्यारिटी लिलामीको आयोजना स्विजरल्याण्डको जेनेभामा गरिएको थियो । त्यस क्रममा पाटेक फिलिप्पेको Grandmaster Chime 6300A-010 नामक उक्त घडी लिलामी भयो । शनिवार आयोजित उक्त लिलामीका क्रममा ५ मिनेटमै घडी बिकेकेा थियो ।

उक्त घडी अढाई करोड देखि ३ करोड स्विस फ्रान्क सम्ममा बिक्रि हुनसक्ने पूर्वानुमान कम्पनीले गरेको थियो । तर ३ करोड १० लाख स्वीस फ्रान्कमा घडी किन्ने मानिस तयार भए ।

स्मरण रहोस् यसअघि रोलेक्स कम्पनीको म्बथतयलब च्यभिह घडी विश्वको सबैभन्दा महंगो घडीको रुपमा रहेको थियो । सन् २०१७ मा उक्त घडी १ करोड ७८ लाख स्विस फ्रान्कमा बिक्रि भएको थियो ।

के छ साढे ३ अर्बको घडीमा खास ?

साढे ३ अर्ब भन्दा बढी मूल्य परेको फिलिप्पेको उक्त घडीले समय बताउनुका अलावा अन्य विभिन्न २० वटा फिचर पनि रहेका छन् । यसका एउटा विशेष रिंगटोन, फोर डिजिट इयर डिस्प्लेवाला विशेष क्यालेन्डर, सेकेन्ड टाइम जोन तथा २४ घण्टा तथा मिनेट सबडायल जस्ता फिचर रहेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment