Comments Add Comment

‘कोका–कोला क्यापमा कार’ का विजेता गुरुङलाई टाटा टियागो

२७ कात्तिक, काठमाडौं । कोका–कोलाले सुरु गरेको क्याम्पेनले एक जनाले टाटा टियागो गाडी उपहारमा जितेका छन्।

कम्पनीले यो वर्षको ठूलो प्रवर्द्धन क्याम्पेन “कोका–कोला क्यापमा कार” को विजेता हेटौंडाका अम्बरबहादुर गुरुङलाई बम्पर उपहार टाटा टियागो गाडी हस्तान्तरण गरेको हो।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजित कार्यक्रममा विजेतालाई गाडीको साँचो हस्तान्तरण गरेका हुन्।

यो क्याम्पेनमा प्रत्येक घण्टाको लक्की ड्र उपहार अन्तर्गत ३२० जना विजेताले एलजी एलईडी टिभी जित्न सफल भएका थिए। कोका–कोलाको यो अभियान देशभरका कोक उपभोक्तासम्म पुग्दै ठूलो सफलता हासिल गरेको विज्ञप्तिमा उल्लेख छ। नेपालका विभिन्न शहर पोखरा, सिन्धुपाल्चोक, विराटनगर, विरगंज लगायतको स्थानबाट उपभोक्ताहरु विजेता भएका छन्।

बम्पर लक्की ड्र का विजेता गुरुङले भने, “म लाखौं सहभागीमध्ये टाटा टियागो गाडीको विजेता हुन पाउँदा निकै खुसी छु। यो मेरो पहिलो गाडी हो। यस्तो अभियान ल्याएकोमा म कोका–कोला नेपाल प्रति आभार प्रकट गर्छु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment