+
+

एनएमबी बैंकद्वारा ‘पूर्व स्वीकृत आवास कर्जा’ सुविधा आरम्भ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २७ गते १९:२६

२७ कात्तिक, काठमाडौं । एनएमबी बैंकले ‘एनएमबी पूर्व-स्वीकृति आवास कर्जा’ (एनएमबी प्रि-अप्रुभ्ड होम लोन) सुविधा आरम्भ गरेको छ । अब आवास कर्जा प्राप्त गर्न इच्छुक ग्राहकहरूले आफूले किन्न लागेको सम्पत्ति छान्नुपूर्व नै आˆनोे ऋणको सीमा स्वीकृति प्राप्त गर्नसक्ने छन् ।

आवश्यक ऋणको सीमा स्वीकृति व्यक्तिको भुक्तानी क्षमतामा आधारित हुनेछ, जुन खरिद गर्न लागिएको धितोको पूर्व-मूल्यांकन नगरिकनै कामय गरिनेछ ।

‘यो कर्जा सुविधाले ग्राहकहरूको कर्जा प्राप्त गर्न योग्य हुँदाहुँदै पनि कर्जा सीमा सम्बन्धमा अनुभव गर्दै आउनु भएको अन्योल मेटाउने छ तथा उहाँहरूको आयको आधारमा घरघडेरी अधिकतम उपयुक्त विकल्प प्राप्त गर्नका लागि सहजीकरण गर्नेछ । यो नवीतम सुविधाले सम्पत्ति खरिद गर्दा सही सूचनायुक्त निर्णय लिन मद्दत गर्नेमा हामी विश्वस्त छौं,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हाल एनएमबी बैंकको देशभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्स्टेन्सन काउन्टरहरूको सञ्जाल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?