Comments Add Comment

राष्ट्रपति भण्डारी र बंगलादेशका राष्ट्रपतिबीच भेटवार्ता

२७ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच बुधबार भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय, शीतलनिवासमा भएको भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र साझा चासोबारे छलफल राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र बंगलादेश सरकारका उच्च पदस्थ अधिकारीहरु पनि सहभागी थिए ।

नेपालको औपचारिक सद्भावना भ्रमणको दोस्रो दिन राष्ट्रपति हमिदले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment