Comments Add Comment

‘चौकीदार चोर हुन्’को नारा लगाउने राहुलको माफी स्वीकार

२८ कात्तिक, काठमाडौं । भारतको सर्वोच्च अदालतले राहुल गान्धीको माफी स्वीकार गरेको छ र, उनीविरुद्ध भारतीय जनता पार्टीकी सांसद मिनाक्षी लेखीले दायर गरेको मानहानी मुद्दाको अनुसन्धानलाई बन्द गर्न निर्देशन दिएको छ ।

आम चुनावको प्रचारका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई चौकीदारका रुपमा प्रचार गरेका थिए भने भारतीय कांग्रेसका तत्कालीन अध्यक्ष राहुलले ‘चौकीदार चोर हुन्’को नारा प्रयोग गरेका थिए । त्यसलाई लिएर उनीविरुद्ध मुद्दा पर्‍यो ।

राहुलले माफी मागे र अदालतले त्यसमा सन्तोष जनाएको छ । अदालतले भविश्यमा बोल्दा होस पुर्‍याउन समेत सचेत गराएको छ ।

यसैगरी भारतीय सञ्चार माध्यमहरुका अनुसार सर्वोच्च अदालतले रफाल मुद्दाको फैसला पुनर्विचार गर्न माग गर्दै परेको सबै रिट खारेज गरेको छ ।

यसअघि फ्रान्सबाट ३६ रफाल लडाकू विमान खरिदमा भ्रष्टाचार भएको भन्दै परेको रिट पनि अदालतले खारेज गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment