Comments Add Comment

भारतविरुद्ध नेपालको खराब सुरुवात, कप्तान ज्ञानेन्द्र शून्यमै आउट

२८ कात्तिक, काठमाडौं । इमेर्जिङ टिम्स एसिया कप क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतसँगको खेलमा खराब सुरुवात गरेको छ ।

बंगलादेशमा आजदेखि सुरु एसिया कपमा नेपालले पहिलो ओभरको दोस्रो बलमा नै कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमै गुमाएको हो । त्यसपछि ब्याटिङ गर्न आएका शरद भेषवाकर र कुशल भुर्तेलले नेपालको पारी उकास्ने कोसिस गरिरहेका छन् ।

१५ ओभरको समाप्तीमा एक विकेटको क्षतिमा नेपालले ४७ रन बनाएको छ ।

नेपाल रहेको समूह ‘बी’ मा भारत, आयोजक बंगलादेश र हङकङ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment