Comments Add Comment

आधुनिक पेस्तोलसहित चितवनबाट २ जना पक्राउ

२८ कात्तिक, चितवन । चितवन प्रहरीले आधुनिक पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

बा ८५ प ८०८४ नम्बरको मोटरसाइकलमा सवार दाङ तुलसीपुर नगरपालिका–१२, धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यानको रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकीलाई राप्ती नगरपालिका–६, हर्दीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका उनीहरूको साथबाट मेडइन यूएसए लेखिएको अटोमेटिक पेस्तोल र ५ राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

मोटरसाइकल रोकेर शंकास्पद गतिविधि गरिरहेकाहरू प्रहरी पुगेलगत्तै भाग्न खोजेका थिए । तर उनीहरूको प्रयास सफल हुन सकेन ।

पक्राउ परेकाहरूलाई हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइएको कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment