Comments Add Comment

रोज भन्छिन्–‘नेपाल चाडो भन्दा चाडो विकास भएको हेर्न मन छ’(भिडियो कुराकानी)

‘मिस नेपाल सुप्रानेशनल–२०१९’ रोज लामा पोल्याण्डमा आयोजना हुन लागेको ‘मिस सुप्रानेशनल’मा भाग लिने त्यता उड्दैछिन् । डिसेम्बर ६ मा पोल्याण्डमा यो प्रतिस्पर्धा आयोजना हुँदैछ । ३ बर्ष अगाडिबाट मात्र नेपालले यो प्रतियोगीतामा भाग लिन थालेको हो । यसैले पनि यो विधा धेरैका लागि नौलो छ ।

अनलाइनखबरसँग कुराकानी गर्ने क्रममा रोज आशावादी देखिइन् । के छ त प्रतियोगीताका लागि तयारी, उनी भन्छिन्–‘सुप्रानेशनलको पनि आफ्नै खालको नियम छ । आयोजकले पठाएको नियम अनुसार हामीले तयारी गर्नुपर्छ ।’

उनले भनिन्–‘मैले नेपालको सुन्दरतालाई कसरी उक्त स्टेजमा प्रस्तुत गर्न सक्छु भन्ने मुख्य कुरा हो । यसमा केही रमाइलो पनि हुन्छ ।’ ‘मिस सुप्रानेशनल’ जितेकी रोज यसको महत्व आफैमा रहेको बताउँछिन् । धेरैका लागि यो नयाँ भएपनि अहिले दर्शकले नयाँ विधाहरुलाई स्विकार गर्न थालेको बताउँछिन् ।

‘मिस नेपाल वल्र्ड’ नजितेकोमा रोजलाई कुनै पनि पछुतो छैन । उनले भनिन्–‘मैले प्रतिस्पर्धामा केही कुराहरुमा कमजोरी गरेकी थिएँ । यसैले पनि म यो विधा जित्दा अचम्मित नै भए । मिस सुप्रानेशनल जित्दा म निकै खुशी छु ।’

‘मिस सुप्रानेशनल’मा जनताले गर्ने भोटबाट एक जना विजेता उत्कृष्ट २५ भित्र पर्न सक्छन् । यसपछि अगाडि जानका लागि रोजको तयारी के छ, उनी भन्छिन्–‘मैले उक्त मञ्चमा नेपाललाई चिनाउनुपर्ने हुन्छ । यसका लागि म तयारी गरिरहेकी छु । उक्त प्रतिस्पर्धामा हुने विभिन्न खालका राउण्डमा मैले दिन सक्ने प्रस्तुति यसमा भर पर्नेछ ।’

यो पनि पढ्नुहोस ‘मिस वर्ल्ड’ जित्नका लागि मलाई जनताको साथ चाहिन्छः अनुष्का

रोजले यस्ता मञ्चहरुमा नेपाल सरकारको सहयोग नभएको गुनासो समेत गरिन् । ‘पर्यटन बर्ष २०२०’ बनाउने तयारीमा रहेको नेपाल सरकारले अन्तरराष्ट्रिय मञ्चमा सहभागी हुने नेपाली प्रतिस्पर्धीहरुलाई सद्भावना दुत बनाउन सक्छ । तर, यस्ता कुरामा सरकारले वेवास्ता गरेको भन्दै रोजले दुःख व्यक्त गरिन् ।

रोजको योजना मोडलिङमा आउने थिएन । उनलाई डाक्टर बन्न मन थियो । तर, यो देशमा केही न केही परिवर्तन गर्ने सोच उनमा आएपछि उनले मोडलिङ पेशालाई अंगालेकी हुन् । रोज भन्छिन्–‘मलाई नेपाल चाडो भन्दा चाडो विकास भएको हेर्न मन छ । यसका लागि मेरो आवाज झनै बुलन्द बनाउन कुन बाटोबाट ठिक होला भनेर मैले यो ठाउँ रोजेकी हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment