Comments Add Comment

दीपकको चेतावनी : ‘विदेशी फिल्मबाट दाल भात खानेविरुद्ध सशक्त भएर लाग्छौं’

चलचित्र ‘छ माया छपक्कै’का लेखक तथा कलाकार दीपकराज गिरीले विदेशी चलचित्र बेचेर दालभात खाई नेपाली चलचित्रकर्मीलाई तर्साउन खोज्नेहरु विरुद्ध सशक्त भएर अगाडि बढ्ने प्रण गरेका छन् ।

चलचित्र ‘छ माया छपक्कै’को रिलिजको समयमा विदेशबाट हिन्दी चलचित्र किनेर आफूहरुको चलचित्रलाई कम शो दिन लागिपर्ने वितरक विरुद्ध लाग्ने दीपकको भनाई छ ।

उनले सामाजिक संजालमा लेखेका छन्–‘भारतबाट हिन्दी चलचित्र किनेर ल्याएर नेपाली चलचित्रलाई कम शो दिन हलहरुलाई दबाब श्रृजना गर्ने बितरकका कारण हामीले पर्याप्त शोहरु नपाउँदा नपाउँदै पनि ‘छ माया छपक्कै’ यो बर्षकै सबैभन्दा बढी ग्रस कलेक्शन गर्ने चलचित्र भएकोमा खुशी शेयर गर्न चाहन्छौ ।’

दीपकले विदेशी चलचित्रलाई प्रतिवन्ध होइन कोटा लगाउने संचारमन्त्रीको भनाइलाई पनि स्वागत गरेको उल्लेख गरेका छन् । असोजको २४ गतेबाट रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’ले केही मल्टिप्लेक्समा कम शो पाएको थियो । तर, चलचित्रले सिंगल र मल्टिप्लेक्समा आक्रामक व्यापार गर्यो । दीपकले सर्वाधिक ग्रस गर्ने चलचित्र बताएपनि कमाइको आँकडा भने खुलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment