Comments Add Comment

पेन्सन अवधि घटाउने नेपाली सेनाको प्रस्ताव अस्वीकृत

जंगी अड्डा

२८ मंसिर, काठमाडौं । नेपाली सेनाले निवृत्तिभरण (पेन्सन) को अवधि घटाउन गरेको प्रस्ताव अस्वीकृत भएको छ ।

तल्लो दर्जाका सैनिकको गुनासो आएपछि १९ भदौमा जंगी अड्डाले पेन्सन अवधि घटाएर १६ वर्ष बनाउने प्रस्ताव पेश गरेको थियो । तर, अर्थ मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट सैनिक सेवा नियमावलीको नियम ८० को संशोेधन मस्यौदा सम्बन्धी सेनाको प्रस्ताव अस्वीकृत भएको हो ।

यसअघि उमेर घटाउने संशोधन प्रस्तावमाथि परामर्श र रायका लागि भन्दै रक्षा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र लेखेको थियो ।

जवाफमा अर्थ मन्त्रालयले पठाएको पत्रमा भनिएको छ, ‘नेपाल सरकारको पेन्सनको दायित्व बढ्दै गएको अवस्था र अन्य सरकारी सेवामा रहेको अवकाश र पेन्सन सम्बन्धी व्यवस्थामा एकरुपता कायम गर्नुपर्ने आवश्यकता समेतलाई विचार गर्दा निवृत्तभरण पाउने सेवा अवधि घटाएर संशोधनको प्रस्तावमा सहमत हुन सकिँदैन ।’

पत्रमा निजामती सेवामा अवकाश हुने उमेर बढाउन छलफल भइरहेको पनि उल्लेख छ । निवृत्तभरण वृद्धिको अनुपात घटाउनका लागि कर्मचारीले बीचैमा सेवाबाट अलग भए पनि अनिवार्य अवकाश हुने उमेर पुगेपछि मात्र निवृत्तभरणका लागि योग्य हुने गरी कानून व्यवस्था गर्नुपर्ने समेत अर्थको पत्रमा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस हाकिमलाई सलामीको चिन्ता, सिपाहीलाई ग्यास्ट्रिक

रक्षा मन्त्रलायका प्रवक्ता सह–सचिव सन्त सुनारले अर्थ मन्त्रालयबाट राय प्राप्त भएको स्वीकारे । तर, आफूहरु निष्कर्षमा पुगिनसकेको जनाए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यकालको एक वर्ष पुगेको अवसरमा २५ भदौमा गरेको विशेष संबोधनमा केही वर्षदेखि पदीक तथा अन्य दर्जाबाट सबै तहको रोलकल र अन्तरक्रियाका दौरान नियमित उठान हुने गरेको पेन्सनको सेवा अवधि घटाउने प्रक्रिया अघि बढेको घोषणा गरेका थिए । उनले यसका लागि निरन्तर पहल गरिरहने पनि जनाएका थिए ।

सेनामा मात्र होइन, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि पेन्सन अवधि घटाउन माग हुँदै आएको छ । तर अर्थ मन्त्रालयको पत्रले माग सुनुवाई नहुने संकेत गरेको छ ।

यो पनि पढ्नुस् 

नेपाली सेनाको क्यान्सर निको पार्न अझ कठोर हुन्छु

पहिलो पटक प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक

सेना-सशस्त्रमा किन मागेजति अधिकृत उत्तीर्ण हुँदैनन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment