Comments Add Comment

फ्राइडे रिलिजमा भुवन र रीमाको ‘मिस्टर नेपाली’

आजबाट नयाँ नेपाली चलचित्र ‘मिस्टर नेपाली’ हलमा रिलिज भएको छ । देशभरका हलमा रिलिज भएको यो चलचित्रलाई देव भुषालले लेखन तथा निर्देशन गरेका हुन् । प्रेमराज दाहालको लगानीमा तयार भएको यो चलचित्रमा नायक भूवन केसी, नायिका रीमा विश्वकर्माको साथमा सरोज खनाल, विष्णु सापकोटा, रवि डंगोल, साहिल श्रेष्ठ, कुसुम राउतको मुख्य भूमिका छ ।

चलचित्र ‘मिस्टर नेपाली’ले राष्ट्रियताको कथालाई उठान गरेको छ । साथमा, चलचित्रमा रवि डंगोल र विष्णु सापकोटाको भरपुर कमेडी छ । चलचित्रले बिहानी शोबाट औषत सुरुवात गरेको छ । चलचित्रले लामो रेशको घोडा बन्नका लागि दर्शकको बलियो वर्ड अफ माउथको साथ पाउनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment