Comments Add Comment

‘साउथ एसिया फेस्टिभल’मा ‘वि आर विथ डाक्टर केसी’

‘फिल्म साउथ एसिया फेस्टिभल’ ललितपुरमा सुरु भएको छ । बिहिबारबाट सुरु भएको यो महोत्सवमा ६३ वटा डकुमेन्ट्री चलचित्रहरुको प्रदर्शन गरिनेछ । ललितपुरको पाटनढोका स्थित यलमाया कला केन्द्रमा आयोजना भैरहेको यो महोत्सवमा साउथ एसियाका विभिन्न देशहरुका वृत्तचित्र समावेश गरिएको छ ।

बिहिबार पाकिस्तानी वृत्तचित्र ‘इन्दुस ब्लुज’ प्रदर्शन गर्दै महोत्सवको उद्घाटन गरिएको छ । यो चलचित्र पाकिस्तानका लोक संस्कृती र त्यहाँको बाजाहरुमा आधारित थियो । सरकारले स्थानिय बाजामा बन्देज लगाएको कुरालाई वृत्तचित्रमा देखाइएको छ । जवाड शारिफले यो वृत्तचित्र निर्देशन गरेका हुन् ।

महोत्सवको दोश्रो दिन शुक्रबार ‘वि आर विथ डाक्टर केसी’को प्रदर्शन गरिएको छ । डाक्टर केसीको जीवन भोगाईलाई देखाइएको यो वृत्तचित्रलाई गोपाल सिवाकोटी र गोविन्द सिवाकोटीले निर्देशन गरेका हुन् ।

आज विभिन्न देशका १८ वटा वृत्तचित्र प्रदर्शन गरिनेछ । फेस्टिभलमा सहभागी हुन साउथ एसियाका सबै देशबाट डकुमेन्ट्री मेकरहरु नेपाल आएका छन् । यो महोत्सव ४ दिनसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment