Comments Add Comment

नयाँ श्रृंखलाका साथ नेपथ्य अष्ट्रेलिया यात्रामा

२९ काठमाडौं, कात्तिक । नेपथ्य ब्यान्डले पुनः अष्ट्रेलियाको सांगीतिक यात्रा गर्ने भएको छ ।

अस्ट्रेलियाका नेपालीहरुको चाहना र प्राथमिकताको सम्मान गर्दै पुनः अस्ट्रेलिया यात्रा सुरू गरेको नेपथ्यले जनाएको छ ।

सन् २००९ बाट सुरुभएको यो नेपथ्यको चौथो श्रृंखला हो । यसपटक नेपथ्यको भ्रमण टोलीमा छ जना ब्याण्डका सदस्य र ६ जना प्राविधिक एवम् व्यवस्थापन गरेर १२ सदस्यीय समूह रहनेछ ।

नेपाली संगीतको आस्वादलाई आफूसँगै बोकेर अस्ट्रेलिया गएका नेपालीको चाहनालाई ध्यानमा राखेर नेपथ्यले अष्ट्रेलिया यात्रालाई उच्च प्राथमिकता दिँदै आएको बताएकत्र छ ।

यो वर्षको पहिलो नेपथ्य कन्सर्ट क्वीन्सल्याण्ड राज्यको राजधानी ब्रिसबेनमा आयोजित हुनेछ । त्यहाँस्थित फोर्टिच्यूड म्यूजिक हलमा नोभेम्बर १९ तारिखका दिन नेपाली लोकरकको चिरपरिचित स्वर नेपथ्यले गुञ्जाउने छ ।

ब्रिसबेनपछि उत्तरतर्फको डार्बिनमा नोभेम्बर २२ तारिखकामा, एडिलेडमा डिसेम्बर ३, होबार्टमा डिसेम्बर ८ तारिख, सिड्नीमा डिसेम्बर १४ र डिसेम्बर २३ मा मेलवर्नमा आयोजना हुनेछ ।

नेपथ्यको यस वर्षको यात्रा संयोजन ‘नेपाली टच’ले गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment