Comments Add Comment

स्कुटर चोरी तथा खरिद गर्ने ४ जना पक्राउ

२९ कात्तिक, काठमाडौं । प्रहरीले स्कुटर चोरी तथा खरिदमा संलग्न रहेका ४ जनालाई शुक्रबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङमा पत्रकार सम्मेल गरेर स्कुटर चोरी तथा खरिद गर्ने गिरोहका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

स्कुटर चोरी तथा खरिदमा संलग्न काठमाण्डौं महानगरपालिका-१२ का १५ वर्षीय रोहन महर्जन, जुम्लाको आचार्यबाडा गाउँपालिका-७ का २१ वर्षीय रमेश शाही, काठमाण्डौं महानगरपालिका-१४ का १५ वर्षीय सबिन शाक्य र धादिङ धुनिबेशी नगरपालिका-५ का ४० वर्षीय कुमार रेग्मीलाई सार्वजनिक गरेको छ । महर्जन, शाही र शाक्य स्कुटर चोरी गरी बेच्ने व्यक्ति रहेको धादिङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए । रेग्मी भने उनीहरुसँग स्कुटर खरिद गर्ने व्यक्ति रहेको उनले बताए ।

धादिङको धुनिबेशी नगरपालिका वडा नं. ५ पुरन्डीमा चोरीको स्कुटर बेचबिखन भई रहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरी टोलीले चारै जनालाई बिहीबार पक्राउ गरेको हो ।

महर्जन, शाही र शाक्यको साथमा रहेको होण्डा कम्पनीको (हाल) बा ६७ प ५८८९ र बा ५५ प २०८४ नं.को स्कुटरकोबारेमा प्रारम्भीक सोधपुछ गर्दा उक्त स्कुटरहरु चोरी गरी ल्याइएको पाइएको उनले बताए ।

अनुसन्धानको क्रममा उनीहरुले दुई वटा स्कुटर धादिङ धुनिबेशी नगरपालिका-५ बस्ने रेग्मीलाई बिक्री गरिसकेको खुलेको खड्काले बताए ।

रेग्मीको घरबाट होण्डा कम्पनीको (हाल) बा ५१ प ९१०६ र बा ८२ प ६०७१ नं. को स्कुटर बरामद भएको उनले बताए ।

पक्राउ परेका चारैजनालाई शुक्रबार धादिङ जिल्ला अदालतबाट म्याद थप गरी चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment