Comments Add Comment

साढे सात लाख स्रोत नखुलेको रकमसहित २ भारतीय नागरिक पक्राउ

२९ कात्तिक,  काठमाडौं । वीरगञ्जबाट प्रहरीले स्रोत नखुलेको करिब साढे सात लाख रुपैयाँ नगदसहित २ जना भारतीय नागरिकलाई शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौल थाना मौजे बस्ने २० वर्षीय सोनु कुमार र सोही ठाउँ बस्ने २० वर्षीय अंकित कुमार रहेका छन् ।

अवैध वित्तिय हुण्डी कारोवार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई वीरगञ्ज महानगरपालिका-१६ बाट पक्राउ गरेको हो ।

बीआर ०५ एबी ६३०२ नम्बरको भारतीय मोटरसाइकलमा भारतको रक्सौलबाट बीरगंज तर्फ आउँदै गरेको अवस्थामा उनीहरुको साथबाट स्रोत नखुलेको ७ लाख ४९ हजार ५ सय नगद बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई पर्सा जिल्ला अदालतबाट बैंक तथा वित्तीय कारोवार सम्बन्धी ऐन अन्तर्गत हुण्डी मुद्दामा म्याद थप गरि आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment