Comments Add Comment

‘अकुपाई टुडिखेल’ अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम आज हुँदै

३० कात्तिक, काठमाडौं । अतिक्रमित टुँडिखेल क्षेत्रको संरक्षण गर्न सरकारलाई दबाव दिने उद्देश्यले नागरिकस्तरबाट थालिएको ‘अकुपाई टुँडिखेल’ अभियानअन्तर्गत आज पनि टुँडिखेलमा प्रदर्शन हुँदैछ ।

गत शनिबारदेखि थालिएको अभियानअन्तर्गत शनिबार बिहान ८ बजे प्रदर्शन हुने अभियन्ताहरूले जनाएका छन् । यसका लागि अहिले टुँडिखेलमा विभिन्न पेसाकर्मीसँगै सर्वसाधारण उपस्थित भएका छन् ।

गत शनिबार सुरु भएको अभियानमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरू हिसिला यमी, भीमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्कीलगायत उपस्थित भएर खुलामञ्च खुला गर्न माग गरेका थिए ।

अकुपाई टुँडिखेल नामको यस्ता कार्यक्रम तीन महिनासम्म सञ्चालन गरिने अभियन्ताहरुले बताएका छन् ।

टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान थियो । तर अहिले टुँडिखेलको सानो हिस्सा खुलामञ्च सार्वसाधारणको पहुँचमा छ । तर त्यो पनि कुनै न कुनै नाममा अतिक्रमित भएको छ । कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनेको छ । टुँडिखेल नै मासिने अवस्था आएको भन्दै ‘अकुपाई टुँडिखेल’ अभियान थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment