Comments Add Comment

मिसेस इन्टरनेशन प्रतियोगितामा नेपालकी स्नेहा

अक्सर सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउनका लागि सर्त राखिएको हुन्छ, अविवाहित हुनुपर्ने ।

जबकि विवाहितहरुबीच पनि सौन्दर्य प्रतियोगिता आयोजना गरिन्छ । हालै मात्र विवाहित महिलाबीच सौन्दर्य प्रतियोगिता आयोजना भयो । आयोजनास्थल थियो, सिंगापुर । टिकेएस एण्ड सन्स, सिंगापुरले त्यहाँको अर्किड कन्ट्री क्लबमा प्रतियोगिता आयोजना गरेको थियो ।

‘मिसेस इन्टरनेशनल’ शीर्षकको उक्त प्रतियोगितामा नेपालको तर्फबाट स्नेहा राउत थापाले प्रतिनिधित्व गरेकी थिइन् । केही समयअघि रिवन इन्टरटेनमेन्टले राजधानीमा आयोजना गरेको मिसेस नेपाल इन्टरनेशनल २०१९ की सेकेन्ड रनर्सअप हुन् उनी । शीर्ष उपाधी विजेता भाविषा कोइराला चटौत सवारी दुर्घटनामा परी घाइते भएकाले उनी सिंगापुरको प्रतियोगितामा सहभागी हुन पाइनन् । त्यही कारण स्नेहा त्यहाँ पुगेकी थिइन् ।

त्यसै गरी रिवन इन्टरटेनमेन्टकै पहलमा दक्ष इन्टरटेनमेन्टद्वारा आयोजित मिसेस व्युटीफुल नेपाल २०१८ की विजेता संगीता न्योपानेलाई सो प्रतियोगिताअन्र्तगतको एमएस इन्टरनेशनलमा नेपालका तर्फबाट प्रतिनिधित्व गराइएको थियो । सिगापुरको सो प्रतियोगितामा स्नेहाले वेस्ट पोर्टफोलियो अचिभमेन्ट, इन्टरनेशलन टरिजम एम्बेस्डर र सुपरमोडलको उपाधि चुमेकी छिन् । त्यसै गरी संगीताले मिसेस इन्टरनेशनल एलिगेन्स व्युटीको उपाधिलाई आफ्नो बनाएकी छिन् । कोरियोग्राफर अश्विनी झा र मिसेस नेपाल २०१९ का इभेन्ट निर्देशक निशु झाको नेतृत्वमा सिंगापुर पुगेका स्नेहा र संगीता दुबैजना हालै काठमाडौं फर्केका छन् । आयोजक निशु झाका अनुसार प्रतियोगिता ९ दिनसम्म चलेको थियो । प्रतियोगिताका क्रममा विभिन्न देशबाट सहभागी विजयीहरुलाई सिंगापुरका साथमा मलेशिया र इन्डोनेसियका विभिन्न पर्यटकीय स्थलको भ्रमणसमेत गराइनेछ ।

प्रतियोगितामा लाटभियाकी ओल्गा एन्ड्रीले मिसेस इन्टरनेशनल २०१९ को उपाधि चुमेकी थिइन् भने मलेशियाकी प्रेभिता राजा मिसेस एसिया प्यासिफिक भएकी थिइन्। उनलाई अघिल्लो वर्षकी मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८ विजेता चन्दा थापा गिरीले ताज पहिराई दिएकी थिइन् । चन्दाले मिसेस नेपाल इन्टरनेशनल २०१८ भएवापत सो प्रतियोगितामा स्पर्धा गर्दै मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८को उपाधि चुमेकी थिइन् । गिरीले पे्रmण्डली इन्टरनेशन उप उपाधि पनि चुमेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment