Comments Add Comment

आँचल र पुष्पको ‘भनन भन’

गायक रविन बर्तौला र गायिका बिन्दु परियारको स्वर रहेको नयाँ गीत भन भनको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायक पुष्प खड्का र नायिका आँचल शर्माको अभिनय देख्न सकिन्छ ।

गम्भिर विष्टको कोरियोग्राफी र निर्देशन रहेको गीतमा विष्टले आँचल र पुष्पलाई वैँशालु उमेरका प्रेम जोडीको माया , प्रेम र उनीहरुले यो उमेरमा देख्ने सपनालाई नजिकबाट केलाएका छन् । गीतमा एकनारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत छ ।

डान्सिगं नम्बरको यो गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् । गीतको सम्पादन नबिन निरौलाले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment