Comments Add Comment

आमा-छोरीको पुस्तक र म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । सर्जक उषा थपलिया र उनकी छोरी संविदा वाग्लेको दुई छुट्टाछुट्टै पुस्तक र एक म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । गत शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले उषा थपलियाको पुस्तक ‘नारी ! तिमी हारेकी छैनौं’ र छोरी संविदाको पुस्तक ‘नवपल्लव’ सार्वजनिक गरेका हुन् ।

दुवै पुस्तक ओरियन्टल पब्लिकेशनले बजारमा ल्याएको हो । ‘नारी ! तिमी हारेकी छैनौं’ पुस्तकमा उषाका निजी अनुभूति, सामाजिक विषयवस्तुका निवन्ध तथा संस्मरण, नियात्रा, कथा लगायत अलग-अलग विधाका पूर्वप्रकाशित २६ वटा लेखहरु समावेश छन् । यसैगरी १५ वर्षीया संविदाको पुस्तकभित्र पूर्वप्रकाशित ५३ वटा लेखहरु समावेश छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेता नेपालले आमा उषा थपलियाको प्रकाशित लेखहरुको सँगालो ‘नारी ! तिमी हारेकी छैनौं’ र छोरी संविदा वाग्लेको सृजना ‘नवपल्लव’ नामक पुस्तकले सुन्दर समाज निर्माणमा उत्प्रेरणा जगाउने विश्वास व्यक्त गरे ।

सोही कार्यक्रममा आमा उषा र छोरी संविदाको युगल गायन रहेको ‘तिमी पाएरै खुल्यो जिन्दगीको अर्थ’ गीतको म्युजिक भिडिओसमेत लोकार्पण गरिएको छ । सो गीतमा उषा थपलियाकै शब्द र संगीत छ ।

म्युजिक भिडियोको निर्देशन गायक तथा संगितकार रिदम कँडेल र सम्पादन राजाबाबु थारुले गरेका हुन् ।

हेर्नुस् भिडिओ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment