Comments Add Comment

यस्तो देश, जहाँ अपराधीलाई रक्सी चढाएर पूजा गरिन्छ

भगवानको पूजा हुनु त स्वभाविकै हो । तर यो दुनियाँमा एउटा यस्तो देश छ जहाँ अपराधीको समेत पूजा हुन्छ । अझ रोचक त के भने अपराधीलाई पूजाका क्रममा रक्सी चढाइन्छ ।

अपराधीलाई रक्सी चढाएर पूजा गर्ने यो परम्परा दक्षिण अमेरिकी देश भेनेजुयलामा रहेको छ । त्यहाँका मानिसहरू मृत्यु भइसकेका खुंखार अपराधीहरूको मूर्ति बनाएर पूजा गर्दछन् ।

स्पेनिश भाषामा अपराधीका देवतालाई स्यान्टोस मेलेन्ड्रोस भनिन्छ । मरिसकेका अपराधीको मूर्ति बनाएर त्यसमा अपराधका देवता सम्झिएर मानिसहरू पूजा गर्दछन् ।

अपराधी जति धेरै खुंखार भयो उसको उति नै भव्य पूजा हुन्छ । मानिसहरू अपराधीको पूजा गर्न टाढा–टाढाबाट आउँदछन् ।

वास्तवमा भेनेजुयलाको इतिहासमा अपराधीहरूलाई आदर्श मानिन्थ्यो । त्यस्ता अपराधीहरूले सामन्ती तथा धनाढ्यहरूबाट सम्पत्ति खोसेर गरिबहरुलाई बाँड्ने गर्दथे । त्यसैले अपराधीहरू भनेको धनीहरूलाई गरिबबाट लुटाउने मान्छेहरू भएकाले उनीहरूलाई गरिबको भगवानको रूपमा मानिसहरूले लिएर पूजा गर्ने गरेका हुन् । त्यसरी पूजा गरेर मूर्तिहरूमा रक्सी चढाइन्छ ।

रोचक त के भने भेनेजुयलामा कुनै मानिस केही कुराबाट पीडित भयो भने अपराधीको देवता मेलेन्ड्रोको पूजा गरेर आशीर्वाद माग्दछ तथा भाकलसमेत गर्दछन् । मनोकांक्षा पूरा भएपछि भाकलको रूपमा रक्सी चढाइन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment