Comments Add Comment

सित्तैमा ग्यास पाउने लोभमा यसरी बिकिनी लगाएर पुरुषहरूले

सित्तैमा पाएपछि मान्छेले अलकत्रासमेत खान बाँकी राख्दैन भन्ने त उखानै छ । हुन पनि कुनै कुरा सित्तैमा पाउने भएपछि हाम्रोमा मान्छेहरूबीच तछाडमछाड हुन्छ । सित्तैमा केही बाँडिरहेको ठाउँमा तत्कालै ठूलै भीड जम्मा भइहाल्छ ।

हामीकहाँ मात्र होइन, दुनियाँकै ठूलो देश रुसमा समेत मानिसहरू सित्तैमा पाएपछि जुनसुकै हद पार गर्न तयार हुँदा रहेछन् ।

रुसको एउटा पेट्रोल पम्पमा सित्तैमा प्राकृतिक ग्यास इन्धन हात पार्नका लागि पुरुषहरू बिकिनी लगाएरै लाइनमा बसेका छन् ।

रुसको समारास्थित ओल्वी ग्यास स्टेसनले आफ्नो प्रचार–प्रसारका लागि यस्तो अफर घोषणा गरेको थियो । जसअनुसार बिकिनी लगाएर आउनेलाई सित्तैमा सीएनजी उपलब्ध गराउने बताएको थियो । जुन अफर दिनमा केवल ३ घण्टाका लागि मात्र थियो ।

ग्यास स्टेसनले अफर त घोषणा गर्यो तर त्यो अफर पुरुष वा महिला कसका लागि हो भन्ने खुलाएन । जसको फाइदा पुरुषहरूले उठाउन सफल भए । ठूलो संख्यामा पुरुषहरु बिकिनी लगाएर ग्यास स्टेसनमा ग्यास लिन पुगे ।

बिकिनी लगाएर सित्तैको ग्यास लिन पुगेका पुरुषहरु त्यहाँका मानिसहरूको आकर्षणको केन्द्र नै बनेका थिए । पुरुषहरुले केवल बिकिनी मात्र नभई हाई हिल समेत लगाएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment