Comments Add Comment

‘दि भ्वाइस’को सेटमा आर्यन र भोला

‘दि भ्वाइस अफ नेपाल–सिजन २’को लोकप्रियतासँगै यो शोमा पुगेर चलचित्रको प्रमोशन गर्ने क्रम पनि बढेको छ । हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको यो रियालिटी शो अहिले लाइभ राउण्डमा पुगेको छ ।

शनिबार प्रशारण भएको ‘दि भ्वाइस अफ नेपाल’को २८ औं एपिसोडमा भने नायक आर्यन सिग्देल पुगेका छन् । रिलिजको तयारीमा रहेको चलचित्र ‘च च हुई’को प्रचारको लागि आर्यन आफ्ना सहकर्मी कलाकार भोलाराज सापकोटाको साथमा पुगेका हुन् । आर्यनले भने–‘तपाईहरु जो–जो यहाँसम्म आइपुग्नु भएको छ, तपाईहरु विजयी भइसक्नु भएको छ । यहाँहरुलाई आगामी दिनको लागि शुभकामना भन्न चाहन्छु ।’

२८ औं एपिसोडको सुरुवात चलचित्र ‘च च हुई’मा समावेश ‘सिल्की सिल्की बाल’ बोलको गीतबाट सुरु भएको थियो । संजय, विकास र शसिकाले उक्त गीत गाएका थिए । प्रतियोगीहरुले यो गीत गाउँदा आर्यन र भोला झुमिरहेका थिए ।

साम्तेन भुटियाको निर्देशनमा बनेको यो चलचित्रमा मिरुना मगर, माओत्से गुरुङ लगायतको मुख्य भूमिका छ । अमित गुरुङले निर्माण गरेको यो चलचित्र मंसिर ६ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment