Comments Add Comment

बंगलादेशसँग ८ विकेटले हार्‍यो नेपाल

२ मंसिर, काठमाडौं । इमर्जिङ टिम्स एसिया कपमा नेपाल घरेलु टोली बंगलादेशसँग ८ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १३९ रनको लक्ष्य उसले मात्र २४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए भने नैम शेखले ४५ रन ।

नेपालका करण केसी र सुशन भारीले समान १-१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १३९ रन बनाएको थियो ।

नेपालको सुरुवात औषत रहृयो । कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । मल्ल २२ रनमा आउट भए । त्यसपछि नेपालले लगातार विकेट गुमायो र ८५ रन जोड्दा ८ विकेट विकेट गइसकेको थियो ।

तर, सोमपाल कामी र करण केसीले ५० रनको महत्वपूर्ण साझेदारी गरे । करण १८ रनमा आउट भए ।
सोमपाल ३८ रनमा आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment