Comments Add Comment

गुल्मीमा फरक क्षमता भएका बालबालिकाका लागि विद्यालय भवन निर्माण

२ मंसिर, गुल्मी । गुल्मीमा फरक क्षमता भएका बालबालिकाको लागि चार कोठे पक्की विद्यालय भवन निर्माण भएको छ ।

नेपाल सरकार पुनः निर्माण प्राधिकरणको आर्थिक सहयोगमा ६९ लाख ७८ हजार १ सय १२ रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको हो ।

गुल्मीको ११ वटा स्थानीय तहका ३२ जना फरक क्षमता भएका बालबालिकाहरु अब नवनिर्मित भवनमा बसेर अध्ययन गर्न पाउने भएका छन् ।

तम्घासको उपल्लो तम्घास माध्यमिक विद्यालयमा निर्मित उक्त भवनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलले सोमबार एक कार्यक्रमका बीच गरेका छन् । भवन उद्घाटन गर्दै मन्त्री ज्ञवालीले शिक्षाले समाज बदल्ने र समाजले राष्ट्र बदल्ने बताए ।

०३१ सालमा स्थापना भएको उक्त विद्यालयमा ०५९ सालदेखि मात्रै फरक क्षमता भएका विद्यार्थीहरुलाई पढाउने व्यवस्था मिलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment