Comments Add Comment

वामीमा प्रथम मुसीकोट महोत्सव हुने

२ मंसिर, गुल्मी । गुल्मीको मुसीकोटमा माघ १५ देखि २६ गतेसम्म पर्यटन, सांस्कृतिक, औद्योगिक एवं व्यापार मेला हुने भएकोे छ ।

गुल्मी मुसिकोटको समृद्धिको आधारकृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मुल नारासहित वामीमा प्रथम गुल्मी मुसिकोट महोत्सव आयोजना गर्न लागेको मुसीकोट उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

महोत्सव महेन्द्र आदर्श माद्यामिक विद्यालय पछाडिको जग्गामा गरिने भएको छ । महोत्सवमा विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीसँगै वामीको शालीमे दह, ताराखसे, बुद्धविहार, कुर्घाको मालिका मन्दिर र स्वाँरा होमस्टे, मुसीकोट दरवारलगायतका पर्यटकीय क्षेत्रको प्रचार प्रसारको उद्देश्य राखिएको संघका अध्यक्ष सुदर्शन शाक्यले बताए ।

त्यसैगरी नगरपालिकाभित्र नाचिने नेवार समुदायको परम्परागत झाँकी, मालारानीका मगरहरुको भैलो, सराँय नाँच, सोरठी आदि संस्कृतिको संरक्षण, झिनिया रोटीलगायत विभिन्न जातजातिका खानाका परिकार आदिको प्रचार प्रसार गरी गरिने संघका सदस्य ज्ञानरि सापकोटाले बताए ।

महोत्सवमा आँपचौरमा उत्पादन हुने कफी, अर्लाङ्कोटको सुन्तला, तरकारी, मालारानीको माहुरी लगायत अरू कृषिजन्य सामग्रीहरुको प्रदर्शनी हुने छ । महोत्सवमा १५० स्टल राख्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment