Comments Add Comment

सन्दीपको बलमा पोलार्डको छक्का वर्षा

२ मंसिर, काठमाडौं । टी–१० लिगमा नेपाली स्पीनर सन्दीप लामिछानेले बिर्सनलायक प्रदर्शन गरेका छन् र, डेक्कन ग्लाडिएटर्सले कर्नाटका टस्कर्सलाई ५ विकेटले हराएको छ ।

१११ रनको लक्ष्य पछ्याएको डेक्कनविरुद्ध सन्दीप चौथो ओभरमा बलिङ गर्न गएका थिए । उनले ५ रन दिए । छैटौं ओभरमा भने सन्दीपले निकै महंगो बलिङ गरे ।

किरण पोलार्डले सन्दीपको बलमा एकपछि अर्को बाउन्ड्री हाने । लगातार चार छक्का हानेका उनले पाँचौं बलमा चौका लगाए भने अन्तिम बलमा दुई रन लिए ।

यो एक ओभरमा सन्दीपले ३० रन दिए । यही रनको मद्दतमा डेक्कनले ८.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । यसअघि पहिले ब्याटिङ गरेको कर्नाटकाले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ११० रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment