Comments Add Comment

फिनल्याण्डका परराष्ट्रमन्त्रीलाई सगरमाथा संवादको निम्तो

Photo Credit : foreigner.fi । फिनल्यान्डका परराष्ट्रमन्त्री पेक्का हाभिस्तो

३ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले फिनल्यान्डका परराष्ट्रमन्त्री पेक्का हाभिस्तोलाई सगरमाथा संवादको निम्तो दिएका छन् ।

युरोप भ्रमणमा रहेका मन्त्री पोखरेलले हाभिस्तोसँगको भेटवार्ताको क्रममा सगरमाथा संवादमा निम्तो दिएको उनको सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका तर्फबाट सगरमाथा संवाद २०२० आयोजना हुँदैछ । यसका लागि विभिन्न देशबाट आमन्त्रण गरिँदैछ ।

भेटवार्तामा दुवै मन्त्रीबीच शिक्षा क्षेत्रमा नेपाललाई नमूनायोग्य बनाउनका लागि सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ ।

फ्रान्सको पेरिसमा आयोजित युनेस्कोको ४० औं महासभा बैठक सकाएर मन्त्री पोखरेल यतिबेला फिनल्यान्ड भ्रमणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment