Comments Add Comment

कस्तो छ प्रियंका कार्कीले निर्देशन गरेको म्युजिक भिडियो ?

अभिनेत्री प्रियंका कार्कीको फिल्मी करियर अधोगतिमा छ । कुनै समयकी ‘नम्बर वान’ भनिने उनको अभिनयको अहिले कुनै जोड र जादु चलेको छैन । त्यसैले उनी फिल्मबाट पाखा लाग्दैछिन् र म्युजिक भिडियोमा बढी छाउँदैछिन् ।

केही समययता उनी धमाधम म्युजिक भिडियोमा देखिएकी छिन् । यसका साथ दिएका उनकै हुनेवाला श्रीमान आयुष्मान देशराज जोशीले । यो जोडी फिल्ममा खासै नचलेपछि म्युजिक भिडियोमा तानिएका हुन् ।

अहिले भने प्रियंकाले निर्देशनतर्फ हात बढाएकी छिन्, म्युजिक भिडियोमा । उनले निर्देशन गरेको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । अभिनयमा लामो समय गुजारेकी पि्रयंकाको पहिलो अनुभव हो, म्युजिक भिडियो निर्देशन ।

बाल गायिका आष्युका खनियाँको गीतलाई उनले दृश्यमा उतारेकी हुन् । गीतको बोल छ, मेरै लाहुरेले ।

म्युजिक भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडीलाई देख्न सकिन्छ । लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । बाल गायिका आयुष्का खनियाँको स्वर रहेको गीतमानरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन् ।

कस्तो छ त अभिनेत्री प्रियंकाले निर्देशन गरेको म्युजिक भिडियो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment