Comments Add Comment

भरुवा बन्दुकसहित अछामबाट २ जना पक्राउ

३ मंसिर, काठमाडौं । अछामबाट प्रहरीले १ थान भरुवा बन्दुकसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

अछामको रामारोशन गाउँपालिका-६ पुदुबाट १ थान भरुवा बन्दुकसहित सोही गाउँपालिकाको भाटाकाटिया बस्ने २१ वर्षीय जगत बहादुर साउद र २२ वर्षीय लाल बहादुर साउदलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी शान्तडाबाट खटिएको प्रहरीले भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा उनीहरुलाई सोमबार राति पक्राउ गरेको हो ।

यस्तै प्रहरीले भरुवा बन्दुकसहित प्युठानबाट ६४ वर्षीय सुकराम पुन मगरलाई पक्राउ गरेको छ ।

सरुमारानी गाउँपालिका-६ पाङवाङ बस्ने मगरलाई भरुवा बन्दुक १ थान, सोही बन्दुकमा लाग्ने छर्रा १४ थान र फलामको टुक्रा १ थान सहित सोमबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लेनदेनको विवादमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर राना मगरलाई सुकराम पुनले भरुवा बन्दुक सहित घरमा गई बन्दुक ताकेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बड्डाँडाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियात सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment