Comments Add Comment

सप्तरंग–२ पोखराको अमरसिंहमा बुधबार

३ मंसिर, पोखरा । ग्रिस्मा ब्रोडकास्टिङको आयोजनामा बुधबार पोखरा अमरसिंह चोकमासप्तरंग सांगीतिक कार्यक्रम हुने भएको छ ।

पर्यटन प्रवर्द्धन र समुन्नति नारासहित गर्न लागेको कार्यक्रममा अभिनेता राजेश हमाल, नेपाल आइडलका विजेता रवि ओड, मेलिना राई, हास्यकलाकार जितु नेपाल, हिमाल सागर, सुगम पोखरेल र प्रकाश सपुतको प्रस्तुति रहने छ ।

कार्यक्रमको स्थानीय आयोजक बार्दली मिडियाका मन क्षेत्रीका अनुसार सप्तरंग सांगीतिक कार्यक्रम देशका अन्य ६प ्रदेशमा भएपछि पोखरा हुनलागेको हो ।

‘ प्रदेश १ गतेबाट सुरु भएको यो कार्यक्रम प्रदेश ५ सुर्खेतपछि गण्डकी प्रदेशमा समापन हुन लागेको हो,’ उनले भने, ‘गत वर्ष पनि पहिलो संस्करणको कार्यक्रम गरेका थियौं । त्यतिबेला पनि कार्यक्रममा दर्शकको राम्रो सहभागी थियो ।’

कार्यक्रम बुधबार पोखरा अमरसिंह चौरमा साँझ ४ बजेपछि सुरु हुनेछ । प्रवेश निशुल्क गरिएको कार्यक्रममा नेपाल पुलिस क्लब, बिटुडी डान्स स्कुलको समेत प्रस्तुति रहने क्षेत्रीले जानकारी दिए ।

अघिल्लो संस्करणमा रामकृष्ण ढकाल, पशुपति शर्मा, प्रमोद खरेल, इन्दिरी जोशी, सन्दीप क्षेत्री, दीपक विष्ट र अञ्जली अधिकारीको प्रस्तुति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment