Comments Add Comment

आलम प्रकरणमा कांग्रेसको जवाफ : कानून बमोजिम हुने कुरामा समर्थन हुन्छ

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले कानून पालनाका विषयमा पार्टी प्रतिवद्ध रहेको बताएको छ ।

बम विस्फोटका घाइतेलाई इटाभट्टामा हालेर जिउँदै जलाएको आरोपमा कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलम थुनामा परेकोबारे सोधेको प्रश्नमा प्रवक्ता विश्वप्रकाश शर्माले कानून पालनामा पार्टी प्रतिवद्ध रहेको बताए ।

‘हामीले सुरुदेखि नै भनेका छौं, कानून बमोजिम हुने कुरालाई सहयोग र समर्थन रहन्छ’ मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘चाहे कोही सांसद फौजदारी मुद्दामा पर्दा निलम्बन होस् ।’

प्रवक्ता शर्माले यस्तो कानून बनाउन कांग्रेसले नै पहल गरेको भन्दै यसको पालनामा प्रतिवद्ध रहेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment