Comments Add Comment

१ करोड १५ लाखमा ‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’को आफ्नै भवन

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आफ्नै नीजी भवन निर्माण गरेको छ । नेपाली चलचित्र तथा गीतसंगीत क्षेत्रसँग आवद्ध रहेका विभिन्न संघसंस्थामा चुनावी बहसको बेलामा गर्मिने आफ्नै भवनको चर्चा चुनावपछि सेलाउँछ । तर, लोकगायक बद्री पंगेनीको अध्यक्षतामा रहेको यो संस्थाले धापसीमा भवन तयार गरेको हो । यो कार्यको अहिले धेरैले प्रशंसा गरिरहेका छन् । लोक तथा दोहोरी गीतसँग सम्बन्धित कलाकारहरुमा खुसी छाएको छ ।

प्रतिष्ठानका अध्यक्ष पंगेनी भने भवन निर्माण हुनु ठुलो कुरा नभएको बताउँछन् । उनले भने–‘यो भवन निर्माण गर्नु ठुलो कुरा हो जस्तो मलाई लाग्दैन । देशका धेरै चर्चित कलाकारहरु यो संस्थामा हुनुहुन्छ । त्यसैले पनि यो काम गर्न गाह्रो थिएन ।’

भाडाको घरमा बस्दा मिटिङ गर्न, संस्थागत फाइलहरु सुरक्षित राख्नको लागि साह्रै सकस परेको पंगेनी बताउँछन् । आफू अध्यक्ष भएको खण्डमा एउटा भवन बनाउने संकल्प पंगेनीले पहिले नै गरेका थिए । त्यसैलाई साकार पार्नको लागि भवन निर्माणलाई विशेष जोड दिएको उनी बताउँछन् । उनले भने–‘पहिला भाडाको घरमा त घरबेटीले पनि किचकिच गर्ने, मिटिङको लागि ठाउँ नपुग्ने थियो । अब भने त्यो झमेला हटेको छ ।’

निकै आकर्षक डिजाइनमा तयार भएको यो भवनको अनुमानित लागत १ करोड १५ लाख भएको पंगेनीले बताए । उनले भने–‘हामीले ८९ लाख नगद खर्च गरेका छौँ । बाँकी हरेक तवरबाट जिन्सी, श्रमदानहरु भएका छन् । त्यसैले अनुमानित रमक १ करोड १५ लाख छ ।’

यत्तिका रकम विभिन्न संघ संस्थाहरुबाट सहयोग मिलेको उनले बताए । उनले भने–‘हाम्रो विभिन्न देशमा शाखाहरु छन् । सहयोग त्यताबाट पनि मिलेको छ । देशको विभिन्न प्रदेश सरकारहरुबाट पनि हामीले सहयोग पाएका छौ । त्यसैले यो सम्भव भएको हो ।’

लोक दोहोरी क्षेत्रमा लागेका कलाकारहरुको लागि यो खुसीकै कुरा भएको उनले बताए । आगमी दिनमा आउने कलाकारहरुलाई पनि गर्व गर्न लायक काम भएको बद्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment