Comments Add Comment

उपनिर्वाचनअघि तरुण दलको म्याद नथपिने

३ मंसिर, काठमाडौं । मंगलबार म्याद सकिएको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको म्याद अब उपनिर्वाचन पछिमात्र थपिने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचनअघि यसबारे छलफल नै नहुने जवाफ दिए ।

‘उपनिर्वाचनमा जाँदै गर्दा हामी सम्पूर्ण रुपले एकताबद्ध भएका छौं । अहिले हामी घरेलु विषयमा यो वा त्यो भन्नेमा जाने छैनौं । उपनिर्वाचन सकिएको एक साताभित्रैमा केन्द्रीय कार्यसमितिको बैठक बस्ने सम्भावना छ । त्यसपछाडि विभाग, भातृसंस्थाको सन्दर्भमा छलफल गर्नेछौं’ उनले भने ।

हाल तरुण दलको अध्यक्षमा जीतजंग बस्नेत, महासचिवमा भुपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ छन् । यी तीन पदाधिकारीको जनाकै भरमा तरुण दल चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment