Comments Add Comment

मेडिकल कलेज सञ्चालकलाई त्रिविले सम्झायो अतिरिक्त शुल्क फिर्ताको अल्टिमेटम

३ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा अध्ययनमा मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताका विषयमा त्रिभुवन विश्वविद्यालयले मंगलबार मेडिकल कलेज सञ्चालकहरुसँग छलफल गरेको छ ।

शिक्षा मन्त्रालयले १५ दिनभित्र अतिरिक्त शुल्क फिर्ता गराउन दिएको अल्टिमेटमको विषयमा सम्झाउन बोलाएको त्रिविका उपकुलपति डा. धर्मकान्त बास्कोटाले अनलाइनखबरलाई बताए । ‘उहाँहरुलाई समस्या नसुल्झाए कारवाही गर्ने चेतावनी दिएका छौँ । उनीहरुले चाँडै नै समस्या सल्टाउने भनेका छन्’ उनले भने ।

बैठकमा मेडिकल कलेज सञ्चालकहरुले भने आफूहरुले शिक्षण शुल्कबाहेक नियमअनुसार लिएको शुल्क फिर्ता नगर्ने बताएका थिए । ‘केही विषयमा उनीहरुको माग छ, त्यसको लागि फेरि एकपटक चिकित्सा शिक्षा आयोग र मन्त्रालयसँग छलफल गर्नुपर्छ’ उपकुलपति बास्कोटाले भने ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल विदेश भ्रमणबाट फर्किएपछि एक पटक मेडिकल कलेज सञ्चालकहरुसँग पुन छलफल गरिने बास्कोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment