Comments Add Comment

सीमा सुरक्षाका लागि भक्तपुरमा दश महाविद्या पूजा

विसंको १३ औं शताब्दीदेखि सीमा सुरक्षा र राष्ट्रको रक्षाको लागि चल्दै आएको १० महाविद्या पूजा बुधबार धुमधामका साथ सम्पन्न भएको छ । महान विद्या रूपी देवीको दश स्वरुपको आराधना गरिने यस पूजा भक्तपुर दरबार वरिपरी रहेका विभिन्न देवीको मन्दिरमा पूजा गर्दै सम्पन्न भएको हो ।

१३ औं शताब्दीमा भक्तपुरमा कहिले सिम्रौनगढ त कहिले खस राजाहरुले आक्रमण गर्ने गरेका थिए । सोही समयमा आफूहरुको रक्षाको लागि भनेर त्यतिबेलाका राजाहरुले दरबार क्षेत्र आसपासमा रहेकी विभिन्न १० देवीको पूजा गरेका थिए । सोही समयदेखि समय मिलाएर आपत परेको बेलामा यस्तो पूजा गर्ने गरिएको थियो ।साधारण भक्तहरूलाई अचूक सिद्धि प्रदान गर्ने विश्वास रहेकी सो देवीको तान्त्रिक विधिद्वारा पूजा गर्ने गरिन्छ ।

संस्कृतिविद्हरुका अनुसार महाविद्या विचारको विकासले शक्तिवादको इतिहासमा एउटा नयाँ अध्याय बनाएको छ । जसमा महाविद्या यही विश्वासलाई विकास गराउने  सर्वशक्तिमान् एउटी नारी शक्ति हुन् ।

शाक्त मत अनुसार दस रूपहरूमा समाहित एउटा सत्य नै महाविद्या हो । महविद्याकी देवको स्मरणमा भक्तपुरमा निम्न मन्दिरहरुमा बुधबार पूजा गरिएको थियो ।

महाकाली (यासिंख्यो)

तारा निल सरस्वती (भिसिंख्यो)

त्रिपुर भैरवी (खँला)

भुवनेश्वरी (टौमढी)

छिन्नमस्ता चण्डिका (टौमढी)

मातंगी -दरबार स्क्वायर)

बंगलामुखी इन्द्रायणी (इन्द्रायणी पीठ)

कमला (थालाछें)

धुमवती (दहिविनायक, टिबुक्छें)

भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष राम सुन्दर भेलेका अनुसार यो पूजामा दश महाविद्या पूजाको अग्रभागमा सहभागीहरुले सुख शान्ति समृद्धिको कामना गर्दै अघि बड्छन् । दश महाविद्या देवीहरू मानवजातीको सम्पूर्ण रक्षाको लागि अभिप्रायले स्थापना गरिएको हो । अहिले देशको सीमाको विषयमा धेरैमा अज्ञानता हाँसिल भएकोले जानकारीको कामना समेत यो पूजामा गरिएको उनले बताए ।

१३ औं शताब्दीदेखि आफ्नो देशको सीमा सुरुक्षाको लागि समय समयमा गरिँदै आएको यो पूजा अहिले पनि सीमा विवादको समयमा नै गरिएको हो । हजारौं महिला र पुरुषहरुको उपस्थितिमा सम्पन्न कार्यक्रम योसिंखेलस्थित भद्रकाली मन्दिरबाट सुरु भएर भेलुखेलस्थित तारा नील सरस्वती मन्दिर, खँलास्थित त्रिपुर भैरवी, टौमढीस्थित भुवनेश्वरी र छिन्नमस्ता चण्डिका, दरबार क्षेत्रस्थित मातांगी, इन्द्रायणी पीठस्थित बंगलामुखी, त्रिपुरासुन्दरीस्थित राजेश्वरी, थालाछेंस्थित कमला र टिबुक्छेस्थित धुमावतीमा पुगेपछि सम्पन्न गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment