Comments Add Comment

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु   

५ मंसिर, खाँदबारी ।  संखुवासभाको चिचिला गाउँपालिका– १ मा बिहीबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी भोटखोला गाउँपालिका–५ का २२ वर्षीय ट्याक्टर चालक मनोज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सदरमुकाम खाँदबारीबाट सामान लिएर मकालुको नुम तर्फ गइरहेको ग १ त ४१६४ नं को ट्याक्टर कुवापानीमा अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको र घटनास्थलमै चालक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताए । तामाङको शव परीक्षण गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment