Comments Add Comment

चर्पी बारेका केही रोचक तथ्य

Photo Credit : Pixabay
प्रतीकात्मक तस्वीर

आज नोभेम्बर १९, अर्थात् विश्व शौचालय दिवस । चर्पीको महत्वका बारेमा जनचेतना जगाउनका लागि संयुक्त राष्ट्रसंघकै घोषणामा १९ नोभेम्बरलाई विश्व चर्पी दिवसको रुपमा मनाउने गरिएको हो ।

तर दिवसका बाबजुत विश्वमा अझै पनि एक अर्ब मानिसले खुल्ला ठाउँमै दिसापिसाब गर्ने गरेको तथ्यांक छ । अझ रोचक त के भने दुनियाका केही देश यस्ता छन् जहाँ अधिकांस मानिस टेलिभिजनको पहुँचमा छन्, तर शौचालयको पहुँचमा छैनन् । ट्वाइलेट सम्बन्धी केही रोचक तथ्य यस्ता छन्ः

· अफगानिस्तानमा ९० प्रतिशत मानिससँग टेलिभिजन छ । तर केवल ७ प्रतिशत मानिसमात्र शौचालयको पहुँचमा रहेका छन् ।

· कम्प्युटरको किबोर्डमा ट्वाइलेट सिटमा भन्दा दुई सय गुणा धेरै व्याक्टेरिया हुने गरेको अनुसन्धानले देखाएको छ ।

· सिंगापुरमा ट्वाइलेटमा फ्लस नगर्नु गैरकानूनी हो । ट्वाइलेट गएर फ्लस नगर्नेलाई कानून बमोजिम कारबाही हुन्छ ।

· ट्वाइलेटमा एकपटक फ्लस गर्दा करिब २६ लिटर पानी बग्दछ ।

· चीनमा कुकुरका लागि छुट्टै सार्वजनिक शौचालय बनाइन्छ ।

· करिब २० प्रतिशत मानिस दिसापिसाब गरिसकेपछि हात धुँदैनन् । मात्र ३० प्रतिशत मानिसले ट्वाइलेट गइसकेपछि हात धुनका लागि साबुनको प्रयोग गर्दछन् ।

· सन् १८९० मा पहिलोपटक ट्वाइलेट पेपरको प्रयोग गरिएको हो । द स्कट पेपर नामक कम्पनीले पहिलोपटक ट्वाइलेट पेपरको रोल तयार गरेको थियो ।

· ब्रम्हाण्डको सबैभन्दा महंगो चर्पी पृथ्वीमा होइन, अन्तरीक्षमा छ । अन्तर्राष्ट्रिय अन्तरीक्ष स्टेसनमा रहेको चर्पी निर्माण गर्दा १ करोड ९० लाख डलर खर्च भएको थियो ।

· सन् १९९२ मा भएको एक अध्ययन अनुसार बेलायती ट्वाइलेट दुनियामा सबैभन्दा खराब ट्वाइलेट मानिन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment