Comments Add Comment

चैत तेस्रो सातादेखि ‘सगरमाथा संवाद’

५ मंसिर, काठमाडौं । आगामी चैतको तेस्रो साता नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना हुने भएको छ ।

‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ विषयक शीर्षकमा नेपालमा पहिलो पटक आगामी चैत्र २०, २१ र २२ गते अन्तराष्ट्रिय स्तरको सगरमाथा संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कार्यक्रमबारे औपचारिक जानकारी दिएका हुन् । विश्वका उच्च राजनीतिक नेतृत्व, मुलुक र विज्ञबीच जलवायु परिवर्तनको संकट समाधानका लागि यो अन्तरगत संवाद कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।

संवाद कार्यक्रमले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि विश्वका विभिन्न मुलुकबीच समान धारणा बनाउन सहयोग पुग्ने अपेक्षा लिइएको ज्ञवालीले बताए ।

सरकारले कार्यक्रमलाई सम्पन्न गर्न ‘सगरमाथा संवाद सचिवालय’ को स्थापना गरेको छ । परराष्ट्रमन्त्री ज्ञवालीको अध्यक्षतामा २० सदस्यीय आयोजक समिति पनि गठन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment