Comments Add Comment

प्रेमिकालाई सोध्नै नहुने प्रश्नहरु

भनिन्छ, केटीहरूको मन बुझ्न धेरै गाह्रो हुन्छ । जुन एकहदसम्म सत्य पनि हो । किनकि केटीहरूको दिमागमा के चलिरहेको छ, कसैलाई थाहा हुँदैन । त्यसैले त भेटभएको बेलामा केटीहरुलाई आफ्नो प्रेमीले त्यस्ता प्रश्नहरु नै नगरुन् भन्ने सोचाई उनीहरुमा आइरहेको हुन्छ । उनीहरु भेटको क्रममा प्रेमीले आफूले लुकाएको कुरा नसोधोस् भन्ने सोचाई राख्छन् ।

म तिम्रो पहिलो प्रेम हुँ ?

हरेक केटाले आफ्नी प्रेमिकालाई आफू पहिलो प्रेमी हो या होइन ? भनेर सोध्न चाहन्छन् । केटीहरुलाई आफ्नो केटा साथीभन्दा बाहेक पनि अरु नै कोही मन परिरहेको हुन्छ । चाहे त्यो उनको पूर्व प्रेमी नै किन नहोस् । त्यसैले केटाहरुले पनि आफू पहिलो प्रेमी हो कि होइन ? भनेर सोध्ने गर्छन् । तर, केटीहरु आफ्नो प्रेमीले त्यस्तो प्रश्न नगरोस् भन्ने चाहन्छन् ।

आमासँग किनमेलमा जाने हो ?

घरपरिवारहरुसँग नजिक गराउनको लागि केटाहरुले केटीसाथीलाई आफ्नी आमासँग किनमेल गर्न जाने बेलामा सँगै लैजाने प्रयास गर्छन् । ताकि आमाले यसै बहानामा उनीहरूलाई अझ राम्ररी चिन्न सकून् । तर, केटीहरू प्रायः प्रेमीको आमासँग किनमेल गर्न जान डराउँछन् । त्यसैले यस्तो प्रस्तावमा अधिकांश प्रेमिकाले नकार्ने गर्छन् ।

तिम्रा अभिभावकले मलाई मनपराउँछन् कि पराउँदैनन् ?

केटाहरूको लागि आफ्नी प्रेमिकाको आमा बुबासँग भेट्नु सबैभन्दा गाह्रो कुरा हो । तर, केटाहरु परिवारसँग भेट्न लैजानको लागि सधैं आग्रह गरिरहन्छन् । तर, यो आग्रहले केटीहरूलाई आफैंमा यति तनावग्रस्त बनाइदिन्छन् कि उनीहरू यो प्रस्तावबाटै भाग्ने प्रयास गर्छन् ।

मेरी साथी वा बहिनी कति सुन्दर छिन् है ?

हरेक केटाले  प्रेमिकालाई उनी आˆनो बहिनी वा साथीको बारेमा सोध्न सक्छन् । तर, केटीहरू यस्ता चीजहरूबाट टाढा रहन मनपराउँछन् । उनीहरुलाई अरुको सुन्दरताको तारिफले आफूलाई कमजोर सम्झिएको अनुभूति हुन्छ । त्यसैले त्यस्ता प्रश्नहरुको केटीहरु खासै उत्तर दिँदैनन् ।

अब अन्य कुनै केटालाई मन त पराउँदैनौं नि ?

केटाहरूको दिमागमा सधैं एउटै डर हुन्छ कि आफ्नी प्रेमिका अरुसँग नै प्रेम गर्छिन् कि ? आफ्नी प्रेमिका कुनैपनि हालतमा आक्रोशित नबनून् । यो हरेक प्रेमीले सोचिरहेका हुन्छन् । यस्तो अवस्थामा यो असंवेदनशीलताको कारण उसले आफ्नी प्रेमिकालाई अरु कसैसँग प्रेम त गर्दैनौं नि ? भन्ने प्रश्न गर्नसक्छन् । यो प्रश्न प्रेमिकाको लागि गम्भीर प्रश्न हुनसक्छ । त्यसैले यस विषयमा संवेदनशील हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment