Comments Add Comment

२८ वर्षका भए कार्त्तिक आर्यन

बलिउडका चकलेटी अभिनेता कार्तिक आर्यनले आज आफ्नो २८ औं जन्मदिन मनाइरहेका छन् । आम युवतीहरुमाझ मात्र नभई बलिउडका अभिनेत्रीहरुमाझ समेत उत्तिकै लोकपि्रय यी अभिनेताले सन् २०११ मा ‘प्यार का पञ्चनामा’ फिल्ममार्फत बलिउडमा डेब्यु गरेका थिए ।

कार्त्तिकले उक्त फिल्ममा निकै नै उत्कृष्ट अभिनय गरेका थिए । त्यही कारण उनले पहिलो फिल्मबाटै दर्शकहरुको अत्यधिक माया पाए, खासगरी युवतीहरुको । उनको उक्त फिल्मका केही संवादहरु त आज पनि दर्शकहरुको जिब्रोमा झुण्डिरहेको छ ।

‘प्यार का पञ्चनामा’ पछि कार्त्तिकले जति पनि फिल्ममा काम गरेका छन् । ती सबैले राम्रो प्रदर्शन गरेका छन् । जस्तो प्यारका पञ्चनामा-२, सोनु के टीटुकी स्विटी, लुका छिप्पी आदि फिल्मले दर्शकको मन जितेका छन् ।

यी फिल्महरुमार्फत कात्तिकले आफ्नो अभिनयले मात्र होइन । आफ्नो स्मार्टनेसले पनि सबैको मन जित्न सफल भए । यही कारणले गर्दा युवतीहरुमाझ उनी अति नै पि्रय मानिन्छन् । कात्तिक जहाँ-जहाँ पुग्छन्, त्यहाँ युवतीहरु उनीसँग सेल्फी लिनका लागि झुम्मिइरहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment