Comments Add Comment

क्रियाशिल दलित पत्रकार संगठित

काठमाडौं । दलितका मुद्दालाई मुल प्रवाहमा ल्याउन र दलित समुदायका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ क्रियाशिल दलित पत्रकार संघ नेपाल (आड्जोन) गठन भएको छ ।

नागरिक दैनिकका पवित्रा सुनारको अध्यक्षमा १३ सदस्यीय संघ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको हो ।

संघको उपाध्यक्षमा रेडियो नेपालका टिकाराम सुनार, महासचिवमा सिआइएन रेडियोका केशव भुल, सचिवमा अनलाइनखबरका विश्वास खड्काथोकी र कोषाध्यक्षमा उज्यालो नाइटी नेटवर्कका विष्णुबहादुर विक रहेका छन् ।

संघको सदस्यमा नयाँ पत्रिकाका प्रकाश धौलाकोटी, आर्थिक अभियान दैनिकका मिलन विश्वकर्मा, इमेज टेलिभिजनका रुपा सुनार, सिआइएन रेडियोका सिर्जना बराल, रेडियो नेपालका रमेश टमट्टा, थाहा सञ्चार रेडियो नेटवर्कका कोमलमान विश्वकर्मा, हिमालय टेलिभिजनका सन्देश परियार, हिमालय टाइम्स दैनिकका सरिता मिजार रहेका छन् ।

लेखन र पत्रकारितालाई आदर्श बनाएका देशभरका क्रियाशिल पत्रकारलाई एकताबद्ध गरी समतामुलक समाज निर्माणको पैरवी गर्नको लागि संस्थाको स्थापना भएको अध्यक्ष सुनारले बताइन् । ‘अहिलेसम्म स्थापना भएका दलित समुदायका पत्रकारहरुको संगठनले प्रभावकारी काम गर्न नसकेकाले हामीले संस्था शुरु गरेका हौँ’, उनले भनिन्, ‘पत्रकारितामा क्रियाशील साथीहरुको क्षमता अभिबृद्धि गर्दै मुलधारको सञ्चार क्षेत्रमा दलित समुदायका पत्रकारहरुको उपस्थित बलियो बनाउन पनि संस्थाको आवश्यकता देखेका हौँ ।’

संघले जारी गरेको विज्ञप्तिमा प्राज्ञिक बहसको थालनी गर्दै दलितका मुद्दालाई मिडियामा जाडतोडका साथ उठाउनका लागि पनि संगठित पहल गर्ने बताइएको छ । दलित तथा गैरदलित समुदायका सबै पत्रकारहरुसँग सहकार्य बौद्धिक तथा सामरिक विषयमा परिणाममुखि अन्तरक्रिया गर्ने पनि उल्लेख गरिएको छ । संघले देशभरका सक्रिय पत्रकारलाई संगठित गरी मुलुकभर सञ्जाल विस्तार गर्ने योजना बनाएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment