Comments Add Comment

क्यानभासमा हेमन यात्री र रोशन परियारले सुनाए डेढ दर्जन कविता

इटहरी । क्यानभास साहित्य समाज तरहराले आयोजना गरेको साहित्यिक कार्यक्रममा हेमन यात्री र रोशन परियारले करिब डेढ दर्जन बढी कविता वाचन गरेका छन् ।

संगीत साधना प्रतिष्ठानमा आयोजित कार्यक्रममा ५० को दशकदेखि निरन्तर नेपाली कविता लेख्दै आएका इटहरीका हेमन यात्री र ६० को दशकदेखि कविता लेख्दै आएका धनकुटा पाख्रीबासका रोशन परियारलाई मञ्चमा उभ्याइएको थियो ।

कवि यात्रीले ‘बेपत्ताको आत्मा’, ‘स्वयम्भु’, ‘म त्यही हुँ तिमीले बिर्सिगएको मानिस’, ‘एक्लै-एक्लै’, ‘फेरि एक्लै’, ‘आमाको गीत १’, ‘आमाको गीत २’ लगायत शीर्षकका कविता सुनाएका थिए ।

त्यस्तै, परियारले ‘ए कान्छा’, ‘शब्दमा मेरा बा’, ‘धनी र गरीब’, ‘घाम र प्रेम’, ‘वाह कविता’, ‘भूल’, ‘एक्ली आमा’, ‘अदालतमा मतुवा’ शीर्षक लगायतका कविता वाचन गरे । दुवैले कार्यक्रममा वाहवाही पाए ।

क्यानभास साहित्य समाजका अध्यक्ष भरत दाहालले कार्यक्रमको औचित्यबारे भने, ‘हामीले यो कार्यक्रम कविताको उत्थानका लागि मात्र नभएर यो ठाउँको प्रवर्द्धनका लागि पनि गरेका हौं ।’

कार्यक्रममा क्यानभास साहित्य समाजका सचिव विवेक विवश रेग्मीले साहित्य समाजले आगामी दिनमा पनि विभिन्न साहित्यिक कार्यक्रमहरु आयोजना गर्ने बताए ।

कार्यक्रममा बिराटनगर, धनकुटा, धरान, इटहरी, तरहरा, झुम्का, बराहक्षेत्र लगायत ठाउँबाट सर्जकहरु आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment