Comments Add Comment

चीनले बनायो अन्तरीक्षयान जस्तै देखिने विचित्र एयरपोर्ट

काठमाडौं । भौतिक विकासको तथा पूर्वाधारको मामिलामा चीनले चमत्कार गर्दै आएको छ । पछिल्लो पटक चीनले एउटा यस्तो अदभुत विमानस्थल तयार गरेको छ, जसले पूर्वाधारको क्षेत्रमा चीन कति अगाडि छ भन्ने देखाउँदछ ।

यो एयरपोर्टको तस्वीर पहिलोपटक देख्दा त्यो कुनै सामुदि्रक जीव आकारको काल्पनिक अन्तरीक्षयान जस्तो लाग्दछ ।

सामुदि्रक जीव स्टारफिस आकारको यो एयरपोर्टको दुई महिना अघि मात्रै चिनियाँ राष्ट्रपतिले उदघाटन गरेका हुन् ।

चीनको बेइजिङमा बनेको यो विमानस्थलको नाम डाजिङ्ग इन्टरनेशनल एयरपोर्ट हो । ११ अर्ब डलर लागतमा यो एयरपोर्ट तयार भएको हो । ९८ वटा फुटबल मैदान बराबरको क्षेत्रफलमा फैलिएको यो विमानस्थलको कूल क्षेत्रफल चाहिँ १ सय ७३ एक्कड रहेको छ ।

चर्चित आर्किटेक्ट जहा हदीदले यो एयरपोर्टको डिजाइन गरेका हुन् ।

यो विमानस्थलको टर्मिनल एउटा भवनमा मात्र फैलिएको विश्वको सबैभन्दा ठूलो टर्मिनल भएको बताइएको छ । आगामी सन् २०२५ सम्ममा यसले १७ करोड यात्रुलाई स्वागत गर्नेछ ।

यो नयाँ एयरपोर्टसँगै बेइजिङ दुईवटा ठूला अन्तर्राष्ट्रिय विमानस्थल हुने विश्वका चर्चित सहरहरुमा परेको छ । न्युयोर्क तथा लण्डन लगायतका सहरमा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल छन् ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment