Comments Add Comment

वैज्ञानिकले पत्ता लगाए ईश्वरको अनुहार, यस्तो रहेछ मुखाकृति

आ–आफ्ना धर्मअनुसारका भगवानका मूर्ति तथा तस्वीरहरु घर तथा धार्मिक स्थलहरुमा देख्न पाइन्छ । यस्ता मूर्ति तथा तस्वीरका मुखाकृतिहरु काल्पनिक हुन् किनकि अहिलेसम्म साक्षात् भगवानको अनुहार देखेको भन्ने प्रमाण कसैले पेस गर्न सकेको छैन । तर अमेरिकी वैज्ञानिकहरुको पछिल्लो दाबीलाई मान्ने हो भने उनीहरुले ईश्वरको वास्तविक अनुहार पत्ता लगाएका छन् । वैज्ञानिकहरुले भगवानको अनुहारको स्केच पनि सार्वजनिक गरेका छन ।

युनिभर्सिटी अफ नर्थ क्यालिफोर्नियाका शोधकर्ताहरुले अनुसन्धानपश्चात् भगवानको अनुहार पत्ता लगाएको दाबी गरेका हुन् ।

ईश्वरको रूप कस्तो हुन्छ भन्नेबारेमा वैज्ञानिक तथा मनोविदहरुले धेरै अनुसन्धान गरे । यसका लागि ५ सय ११ जना अमेरिकी ईशाइहरुको सहयोगमा युनिभर्सिटी अफ नर्थ क्यालिफोर्नियाका च्यापेल हिलको तस्वीरमा भगवानको चित्र बनाइयो ।

अनुसन्धानमा कैयन् फरक–फरक मानिसहरुलाई सामेल गरियो र सबैको अनुहारबाट केही न केही झलक लिएर एक पूर्ण अनुहार तयार पारियो ।

रोचक त के भने यसरी तयार भएको भगवानको अनुहार जवान देखिन्छ । शोधकर्ताहरुका अनुसार केही इशाई धर्मावलम्बीहरुले भगवानलाई सानो कदको, अधिकक स्त्रीस्वधप तथा कम ककेसियन रूपको भएको ठान्दछन् ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment