Comments Add Comment

बुद्ध एयरले विराटनगर र भद्रपुरबाट पोखरा उडान भर्ने

९ मंसिर, विराटनगर । बुद्ध एयरले प्रदेश एकका दुई स्थानबाट पोखराको उडान भर्ने भएको छ ।  बुद्ध एयरले मंसिर १५ गतेबाट विराटनगर र झापाको भद्रपुर विमानस्थलबाट पोखराको उडान भर्ने भएको हो ।

पर्यटकीय स्थल पोखरासम्मको उडान सिधै भने हुने छैन । बुद्ध एयरले काठमाडौंमा ट्रान्जिट बनाएर पोखरा उडान भर्ने बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले जानकारी दिए । तत्काल सिधै उडान भर्न समस्या भएका कारण काठमाडौंलाई ट्रान्जिट बनाउन लागिएको उनले बताए ।

उनले प्रदेश सरकारको चाहाना अनुसार पोखराको उडान भर्न लागिएको बताए । प्रदेश १ बाट अन्तर्राष्ट्रिय उडान भर्न सक्ने प्रशस्त सम्भावना रहेकाले परीक्षणका रुपमा अन्तरप्रदेशको उडान भर्न लागिएको बताए । उनले पूर्वबाट बिहान र पोखराबाट अपरान्ह उडान भर्ने योजना रहेको सुनाए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अन्तरप्रदेशको उडानले आन्तरिक पर्यटन विकासमा टेवा पुग्ने बताए । विराटनगर विमानस्थल स्तरोन्नती गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने विषयमा पनि पहल भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

धपक्क दशरथ रंगशाला

Advertisment