Comments Add Comment

बढ्दैछ भाइबरको लोकप्रियता

९ मंसिर, काठमाडौं । नेपालमा भाइबरको लोकप्रियता बढ्दै गएको छ । आफूलाई समय सान्दर्भिक बनाउनको गरेको प्रयत्न ले नै वास्तवमा बजारमा विभिन्न खालका अधिक च्याटिङ्ग एपहरु हुँदाहुँदै पनि भाइबरले सफलता प्राप्त गरेको दावी कम्पनकिो छ ।

यो फ्रि  म्यासेजिङ्ग एपले आफ्ना प्रयोगकर्ताहरुलाई नितान्त व्यक्तिगत एवं अर्थपूर्ण रुपबाट सम्पर्क गर्ने अवसर प्रदान गर्छ । यसमा भएको ध्वनि र एनिमेसन सहितको स्टिकरहरु र इमोजिहरुको व्यापक उपलब्धताले आफ्नो च्याटिङ खेललाई अझ धेरै सिर्जनशील बनाउन प्रयोगकर्ताहरुका लागि यो प्लेटर्फम एक अवसर बनेको छ ।
यसका साथसाथै यसका विशेषताहरु जस्तै पूराका पूरा इन्क्रिप्सन र स्वयं­-नासिने टाइमरले यसलाई उच्चतम गोपनीयताका साथ निजि तथा व्यवसायिक वार्तालापहरु गर्नलाई अत्यन्त सुरक्षित प्लेटर्फम बनाइदिएको छ ।

ढिलै सही, भाइबरले सामूहिक कलहरु एवं प्रयोगकर्ताको पि्रय सेलिब्रेटी र उनीहरुको जीवनशैलीहरुसँग नजिक रहिरहने बनाउन आफ्नो ‘भाइबर समुदाय’ विशेषता पेश गर्‍यो ।

विभिन्न अवसरहरुमा भाइबरले आफ्ना प्रयेागकर्ताहरुसँग भित्री सम्बन्ध कायम राख्न आफ्ना प्रयोगकर्ताहरुलाई शुभकामना प्रेषित गर्छ भनें साथसाथै सम्बद्ध सन्दर्भका स्टिकर सेवाहरु सित्तैंमा प्रदान गर्दछ, जसले गर्दा पनि यसको लोकपि्रयतामा अद्भूत ढँगले वृद्धि भएको छ ।

कसरी गर्ने धेरै उपयोग ?
वितेको वर्षहरुसँगै भाइबर सामान्य मैसेजिङ एपबाट विविधताप्रूर्ण प्रयोगकर्ताहरुको एक समावेशी समुदायको रुपमा विकसित भएको छ । यसले विभिन्न पृष्ठभूमिका प्रयोगकर्ताहरुलाई व्यक्तिगत रुपमा या समुहगत रुपमा जीवन्त कुराकानी गर्न र सेलिब्रेटीहरु वा संस्थागत अधिकारीहरुका लागि उनीहरुको कथाहरु व्यापक श्रोता समक्ष व्यक्त गर्न अनुमति प्रदान गर्दछ । यसरी, एकसँग एकको लाभ र यसलाई धेरै बनाउनका लागि यो प्लेटर्फमबाट प्रशस्त लाभ लिने अवसर छ ।

व्यस्त तालिका भएका व्यक्तिहरुका लागि यसमा अन्य यस्तै खालका एप्लिकेसनहरुसँग भाइबर प्रयोग गर्न च्याट एक्स्टेन्सन सेवा रहेको छ र ती व्यक्तिहरु ज्ाो धेरै साझा गर्न चाहन्छन् उनीहरुका लागि अत्यन्त प्रभावकारी तवरमा २०० एमबि सम्मको डाटा साझा गर्न अनुमति प्रदान गर्छ ।

उपयुक्त एप
आजका बढ्दो प्रविधि मैत्री नेपाली युवाहरु अधिकतम प्रभावकारी एवं फाइदायुक्त एप्लिकेसनहरुको लालसा राख्दछन् र भाइबर उनीहरुको निम्ति सर्वथा सटिक एप हो । यो उनीहरुको साथीभाइहरुसँग सम्पर्कमा रहिरहने गतिलो माध्यम बनिरहेको छ र धेरैजसो नेपाली अभिभावकहरुका लागि यो उनीहरुको विदेशमा रहेका सन्ततिहरुसँग सम्पर्कमा रहिरहने विश्वासिलो माध्यम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment